काठमाडौ । ३२ औ विश्व आदिवासी दिवश भव्य रुपले सम्पन्न भएको छ । (हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान )’ भन्ने मूल मर्मका साथ ३२ औँ विश्व आदिवासी दिवस आइतबार राजधानीमा भव्यरुपमा सम्पन्न भएकोछ । कार्यक्रमको समुद्घाटन प्रमुख अथिति उपराष्ट्पतिबाट भएको हो ।
दिवसको अवसरमा ५६ वटा आदीबासी जनजातीहरुको र्भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै नगरपक्रित्र गरि खुल्लामन्च टुडिखेलमा पुगेर आमसभामा प्रवेश गरेको थियो ।
कार्यक्रममा नेवार, थारू, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार तथा ह्योल्मोलगायतका विभिन्न आदिवासी जनजाति समुदायको मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत र नृत्यको बेजोड सङ्गम देखिएको थियो।
कार्यक्रममा उर्जामन्त्रि विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका कार्यकारी नगर प्रमुख सुनिता डंगोल, प्रतिपक्ष पार्टिका प्रतिनिधिहरु,विभिन्न पार्टीका प्रतिनिधिहरु ५६ औटै आबद्ध जनजाती संगठनहरु लगायत अन्य विशेष ब्यक्तिहरुको उपस्थिति थियो । 
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भेला भएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूहहरूको स्वतःस्फूर्त सहभागिता रहेको उक्त समारोहमा सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी एवं शिक्षाविद्हरूको समेत उल्लेखनीय उपस्थिति थियो।






























