एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आनो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (VISA) सँग ’भिजा डाइरेक्ट टू एकाउन्ट’ (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ। भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।

यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ। यो प्रविधि प्रयोग गरी ग्राहकले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभरी १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।