नेपाल उद्योग वाणिज्य महासंघमा डेरी एसोसिएसनका अध्यक्ष दाहालको केन्द्रिय सदस्यमा उमेदवारी

रोजगारी सिर्जना, लगानी वृद्धि र आर्थिक गतिशीलतामा भूमिका निर्णायक हुने दाहालको प्रतिबद्धता

काठमाडौं । नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको नाम नेपाल उद्योग बाणिज्य महासंघको आगामी निर्वाचनमा केन्द्रिय सदस्यमा सिफारिस भएकोछ ।

एसोसिएसनले दाहाललाई चैत्र २९ र ३० गते हुने महासंघको ६० औ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि वस्तुगततर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारको रुपमा सिफारिस गरेकोहो ।

प्रल्हाद दाहाल कृषि क्षेत्रको एक परिचित र विश्वासिलो नाम हो । उहाँले सधैं कृषि, किसान र समग्र निजी क्षेत्रको हितका विषयमा स्पष्ट र निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।

जबसम्म कुनै देशको विकास कृषिमा हुँदैन, तबसम्म त्यो देशको अर्थतन्त्र मजबुत हुन सक्दैन भन्ने उहाँको दृड विश्वास छ । यही सोचलाई व्यवहारमा उतार्दै, “गरे के हुँदैन?” भन्ने अभियानबाट उहाँले मोही जस्तो परम्परागत पेयलाई नयाँ पहिचान दिनुभएको छ ।

 

आज मोही ब्रान्डिङ र बोटलिङ भएर भोजभतेर, पार्टी, गोष्ठी, सेमिनार र होटलहरूमा प्रयोग हुन थालेको छ । यसले देखाएको छ,हाम्रो आफ्नै उत्पादनलाई आधुनिक ढाँचामा प्रस्तुत गर्न सके, बजार आफैं बन्न सक्छ । कृषि क्षेत्रलाई केवल जीविकोपार्जन होइन,एक सम्मानित र सम्भावनायुक्त पेशाको रूपमा स्थापित गर्नुपर्छ भन्ने उहाँको उहाँको अर्को स्पष्ट धारणा छ ।

जब किसान र कृषिलाई समाजले सम्मान गर्छ,त्यहीँबाट वास्तविक आर्थिक परिवर्तन सुरु हुन्छ। त्यसैगरी, उहाँ निजी क्षेत्रको भूमिकालाई अत्यन्त महत्वपूर्ण मान्नुहुन्छ । देशको विकासमा निजी क्षेत्रको योगदान ठूलो छ ।

रोजगारी सिर्जना, लगानी वृद्धि र आर्थिक गतिशीलतामा यसको भूमिका निर्णायक हुन्छ । तर उहाँको चिन्ता पनि त्यत्तिकै स्पष्ट छ उहाँ भन्नुहुन्छ “जबसम्म राज्यले निजी क्षेत्रलाई सही दृष्टिले हेर्दैन,र निजी क्षेत्रमैत्री नीति तथा वातावरण निर्माण हुँदैन,तबसम्म देशको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सक्दैन।” त्यसैले, उहाँको आह्वान छ कृषि र निजी क्षेत्रलाई सँगसँगै अघि बढाउँदै, नीति, लगानी र सम्मानको वातावरण तयार गरौँ । समृद्ध नेपालका लागि—सबल कृषि र सशक्त निजी क्षेत्र अपरिहार्य रहेको उहाँको भनाईछ ।

दाहाल नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका बोर्ड सदस्यसमेत रहदै आउनुभएकोछ । यसमा मात्र उहाँको योगदान छैन् शिक्षा सामाजिक क्षेत्रमा सक्रिय रुपमा उल्लेखनीय योगदान पुय्राउनुभएका दाहालले कृषि लगायत डेरी क्षेत्रका समस्या तथा मुद्धालाई शसक्त रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएकोछ ।

शैक्षिक विवरण :
स्नातक
व्यापारिक विवरण :
सञ्चालक : हिमालयन डेरी एण्ड एग्रो रिसर्च सेन्टर, काभ्रे ।
सञ्चालक : श्री नवप्रभात डेरी प्रा.लि., औद्योगिक क्षेत्र पाटन, ललितपुर ।
सञ्चालक : नेती डेरी प्रा.लि. ललितपुर ।
अध्यक्ष : सेन्ट जर्ज स्कुल (काठमाडौँ इङ्ग्लिस स्कुल), नक्साल, काठमाडौं ।
सञ्चालक :नेक्स्ट इन्भेष्टमेन्ट कम्पनी ।

सामाजिक योगदान :
माही अभियानता
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार
सामाजिक सद्भावना कायमका लागि जेठा नागरिक, अपाङ्ग तथा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग
सरकारी स्कूलमा छात्रवृत्ति तथा पोशाक वितरण लगायत विविध

आबद्ध संस्थाहरू :
अध्यक्ष :नेपाल डेरी एसोसिएसन
बोर्ड सदस्य : कृषि उद्यम केन्द्र (AEC), नेपाल उद्योग वाणिज्य महासंघ
अध्यक्ष : श्री दृश्य बहुउद्देश्यीय सहकारी संस्था लि.
अध्यक्ष : रोटरी क्लब अफ काठमाडौँ
पूर्व बोर्ड सदस्य : राष्ट्रिय दुग्ध विकास बोर्ड
वर्तमान बोर्ड सदस्य : बागमती प्रदेश दुग्ध विकास बोर्ड

सम्मान तथा प्रशंसा
– राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा मोही अभियानताको सम्मान
– युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरबाट सम्मानित
– शिक्षा पुरस्कर २०७६ बाट सम्मानित
– एन प्याब्सन क्लस्टर स्याट ( Saat ) बाट सम्मानित
– विभिन्न विद्यालयबाट प्रशंसा पत्र एवं सम्मान प्राप्त
– उत्कृष्ट डेरी उद्यमी सम्मान २०७४
– AEPSA Network for Next Gen Agri Extension Asia बाट सम्मानित
– पशु सेवा विभागबाट सम्मानित
– अप्टिमिस्ट इन्टरनेशनल एसिया डिस्ट्रिक्टबाट सम्मानित
– कृषि शिक्षा एवं स्वास्थ महोत्सव र मेघा एक्स्पो Krishi २०२६ भारतबाट सम्मानित
– निर्यात व्यवसायी महासंघबाट सम्मानित