काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनका लागि महासचिव पदमा युवा पर्यटन व्यवसायी तथा समाजसेवी पशुपति कंडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । ठमेल परिषद्को आगामी असार २७ गते हुन लागेको निर्वाचनका लागि उहाँले उम्मेदवारी दिनुभएको हो । ूसंघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्वू भन्ने मूल नाराका साथ कंडेल चुनावी मैदानमा उत्रिनुभएको हो ।
धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउनुभएका कंडेल विगत लामो समयदेखि पर्यटन क्षेत्र र सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । व्यवस्थापन संकायमा स्नातकोत्तर गर्नुभएका उहाँ ठमेलस्थित ुआगन्तुक होटलु तथा ुअतिथि होटल एन्ड अपार्टमेन्टुका सञ्चालक हुनुहुन्छ ।
विभिन्न सामाजिक संस्था, लायन्स क्लब र पर्यटन क्षेत्रका विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका कंडेललाई एक ुएक्सन ओरिएन्टेडु ९परिणाममुखी० व्यक्तित्वका रूपमा चिनिन्छ । व्यवसायका साथै उहाँ रक्तदान अभियान र सामाजिक कार्यहरूमा पनि अग्रणी भूमिकामा रहँदै आउनुभएको छ ।
यस्ता छन् कंडेलका १० प्रतिबद्धताहरू
महासचिवका उम्मेदवार कंडेलले ठमेलको समग्र विकास र सुधारका लागि १० बुँदे स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुभएको छ । उहाँका मुख्य प्रतिबद्धताहरू यस प्रकार छन्स्
१। पहिचान र गौरवको संरक्षणस् ठमेललाई नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा यसको गरिमा र आकर्षणलाई थप सुदृढ बनाउने ।
२। कला र संस्कृतिको जगेर्नास् ठमेलको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्ने ।
३। व्यवस्थित ठमेलस् ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन दिगो र बहुआयामिक विकासको मोडेल लागू गर्ने ।
४। सम्पदा पर्यटनस् ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै ुसम्पदा भ्रमणुको अवधारणा विकास गर्ने ।
५। सहकार्यको वातावरणस् ठमेलका घरधनी र व्यवसायीबीच आपसी विश्वास र सद्भाव कायम गरी सहकार्यको वातावरण सृजना गर्ने ।
६। सुरक्षित र सफा ठमेलस् प्रभावकारी शान्ति–सुरक्षा, सडक बत्ती, सीसी क्यामेरा जडान, ढल व्यवस्थापन र सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने ।
७। पूर्णकालीन व्यवसायस् गृह मन्त्रालयबाट स्वीकृत ुपूर्ण समय व्यवसाय सञ्चालनु सम्बन्धी मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
८। ठमेल गुरुयोजनाको कार्यान्वयनस् रोकिएका ठमेलका गुरुयोजनाहरूलाई सरोकारवालाको समन्वयमा पुनः अगाडि बढाउने ।
९। स्ट्रीट नम्बरिङस् ठमेलका सडकहरूको नम्बरिङ कार्यलाई पूर्णता दिने ।
१०। डिजिटल र आधुनिक ठमेलस् ुडिजिटल ठमेलु, निःशुल्क वाइफाइ, वाकिङ–फ्रेन्ड्ली सडक र पर्यटकमैत्री आधुनिक सूचना केन्द्रको स्थापना गर्ने ।
उम्मेदवारी घोषणा गर्दै कंडेलले भन्नुभयो, ूठमेल केवल व्यापारिक केन्द्र मात्र होइन, यो हाम्रो पहिचान हो । यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउन मेरो उम्मेदवारी हो । म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख–दुःखमा साथ दिन सधैं प्रतिबद्ध छु ।ू
ठमेलका व्यवसायीहरूबीच लोकप्रिय र मृदुभाषी कंडेलको उम्मेदवारीलाई ठमेल क्षेत्रको सुधारका लागि एउटा बलियो कदमका रूपमा हेरिएको छ ।






























