स्वाभिमान लघुवित्तका शेयरधनीहरुको हात यो वर्ष पनि खाली

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि शेयरधनीहरुको हात खाली बनाएको छ । गत आर्थिक वर्ष ०८२।८३ को लागि पनि कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

असोज २८ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभाबाट पारित गर्नका लागि नेपाल राष्ट्र बैंक समक्ष स्वीकृति लिने निर्णय गर्दै यस वर्ष पनि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यस कम्पनीले आर्थिक वर्ष ०८०।८१ पछि लाभांश वितरण गरेको छैन् । आर्थिक वर्ष ०७५।७६ देखि लाभांश वितरण गर्न सुरु गरेको कम्पनीले आर्थिक वर्ष ०७७।७८ मा हालसम्मकै सर्वाधिक ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पछिल्लो आर्थिक वर्ष ०८०।८१ मा भने कम्पनीले ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।