८ करोड १५ लाख लागतमा निर्माण हुँदै नन्दीकेशर सत्तल : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

हामी ढलेका मूर्त सम्पदा पुनःनिर्माण र हराउँदै गएका अमूर्त सम्पदा पुनःस्थापना गरिरहेका छौँ – कार्यवाहक प्रमुख, डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवा ८ करोड लागतमा नन्दीकेशर सत्तल पुनःनिर्माण गराउन थालेको छ । २०७२ सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणका विषयमा स्थानीय बिच फरक मत भएपछि काम हुन सकेको थिएन ।

असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुनःनिर्माणका लागि महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले, जग पूजा र शिलान्यास गरेकी छन्।

त्यस क्रममा ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको डंगोलको भनाईछ । ‘यी संरचना काठमाडौँका पहिचान स्मारक हुन् ।’उनले भनेकी छन् ।