काठमाडौं । नेपाल उद्योग वाण्ज्यि महासघंका अध्यक्ष श्री अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समाराहे काठमाण्डौंमा भव्यतापूर्वक सम्पन्न भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो। २०३२ सालमा स्वर्गिय तोलाराम दुगडले काठमाण्डौं जिल्लामा स्थापना गरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औं बषर्क शुभ–अवशरमा विभिन्न कार्यक्रमहरु सहित ऐतिहासिक स्वर्ण उत्सव समारोहको आयोजना गरेको हो।

नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सभ्झनायोग्य बनाउन दशरथ र·शाला त्रिपुरेश्वर देखि होटेल याक एण्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्तित्वहरु, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नाडाका पूर्व अध्यक्षहरु, नाडाका सम्पूर्ण सदस्य कम्पनीहरु र पत्रकारहरुको सहभागितामा वाकाथन कार्यक्रम समेतकोआयोजना गरेकोहो।यसैस्वर्णउत्सवकोअवसरमा नाडालेआफ्ना पूर्व अध्यक्षहरुलाई विशेष सम्मान समेत गरेको छ।
यो स्वर्ण उत्सव समारोह मिति २०८३ असार १३ गते देखि १९ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सहित राजधानी र ७ वटै प्रदेशहरुमा सम्पन्न हुने छन्।

यो ५० बर्षको अवधिमा नाडाले २३ वटा अधिवेशनहरु सम्पन्न गरिसकेकोछ भनेअहिलेसम्म २१ जना अध्यक्षहरुले नाडाको सफल नेतृत्व समेत गरिसकेका छन्। त्यसगै री यस अवधिमा नाडाकोवाषिर्क प्रकाशनको रुपमा ३६औं संस्करणकोनाडा अटोमोवाइल ट्रेड डाइरेक्टी« र ५१आंैसंस्करणकोनाडा अटोन्यूज समेत प्रकाशित गरिसकेको छ।
त्यस्तै अहिलेसम्म १८औं संस्करणको नाडा अटो ड्राइभ क्यालेण्डर प्रकाशित गरेको छ भने यही भाद्र महिनामा १८औं संस्करणको नाडा अटो शो समेतको आयोजना गर्ने क्रममा रहेको छ।
त्यसैगरी नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध बस्तुगत संघहरु मध्ये सो महासंघबाट उत्कृष्ट बस्तुगत एशोसिएशनको पुरस्कारबाट पटक पटक सम्मानित भईसकेको छ।

नाडा सन् २०१५ देखि ISO 9001:2015 QMS Certified Organization को रुपमा स्थापित रहेको छ। त्यसगैरी नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रुपमा विभिन्न सामाजिक महत्वका कार्यक्रमहरु सम्पन्न गर्दै विभिन्न राष्टिय विपत्तिहरुमा समेत सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।
यस स्वर्ण उत्सव महोत्सव कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने सो महोत्सवको कार्यक्रम संचालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।
































