ओलम्पीक डे एक हप्ता सम्म मनाउने :आज सुटिङ रेन्ज प्रतियोगिता आयोजना गरी सम्पन्न

ललितपुर । ओलम्पीक डे एक हप्ता सम्म मनाउने अन्तर्गत आज विभिन्न ठाउ“मा विभिन्न खेलहरु खेली सम्पन्न भएको छ ।

नेपाल सुटिङ संघ र बागमति सुटिङ संघको आयोजनमा ललितपुरस्थित सातदोबाटोमा रहेको सुटिङ रेन्जमा खुल्ला प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ ।

एयर राइफलमा मिक्समा विसाल पौडेल र राधा गुरुङले ६०३ अंक ल्याइ प्रथम स्थान हासिल गरे भने, हरि बहादुर थापा र मिरा बन्जराको जोडीमा ५९२.५ अंक प्राप्त गरी द्वितिय भएका छन् ।

जस अन्तर्गत एयर पिस्तोलमा राधा धर्ति र धर्मराज नागारको जोडिले ५४८ अंक ल्याइ प्रथम र विपेश खड्का र रुविना श्रेष्ठको जोडिले ५४० अंक ल्याई द्वितिय र ५३७ अंक प्राप्त गरी सुकदेव चौधरी र मिना स्याङतान तृतिय भए ।

यसैगरी एयर राइफल पुरुष तफै नेपाल आर्मिका नारायण दोङले ३००.९ अंक ल्याइ प्रथम, ३००.८ अंक प्राप्त गरी नेपाल पुलिसका द्वितिय र नेपाल आर्मिका विसाल पौडेले २९९.४ अंक ल्याइ तृतिय स्थान भएका छन् ।

आजै भएको महिला तर्फको एयर राइफलमा राधा गुरुङ ३०३ अंक प्राप्त गरी प्रथम, २९८.८ अंक ल्याइ मिरा बन्जरा द्वितिय र २९४ं३ अंक ल्याइ रत्नी कुमारी चौधरी तृतिय भएका हुन ।

यसैगरी एयर पिस्तोल महिला तर्फ राधा धर्ति २७७ अंक प्राप्त गरी प्रथम, कोपिला बस्नेत २७४ अंक प्राप्त गरी द्वितिय र मिना स्याङतान २६१ अंक प्राप्त गरी तृतिय भएका छन् ।

कार्यक्रममा नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, प्रभु वैंकका बजार प्रबन्धक प्रमुख र पदाधिकारीबाट पदक तथा प्रमाण पत्र प्रदान गरे भने यसै समयमा उष्कृष्ट काम गरे वाफत अन्तराष्ट्रिय सुटिङ स्पोर्ट फेडेरेसनले नेपाल सुटिङसंघका महासचिव प्रदीप खातीलाई सम्मानित गरको बारे अध्यक्ष श्रेष्ठले बताउदै ट्रफी हस्तारण गरे ।

फोटो :प्रदीप कुमार श्रेष्ठ