काठमाडौं । नेपालमा सन २०७० सालमा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्द्मा विधिवत दर्ता भए देखि निरन्तर स्केटिङ तथा स्केटबोर्डिङ खेल सम्बन्धि विभिन्न प्रतियोगिताहरु सञ्चालन हुदै आइरहेको छ।
जस अनुरुप यसपालि पनि ९ औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ हुन गइरहेको छ । हालसम्म विराटनगर, बुटवल, पोखरा र काठमाण्डौमा विभिन्न चरणमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सफलता पुर्वक सम्पन्न भइसकेका संघले जनाएकोछ ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेलप्रति रुची राख्ने धेरै युवा पुस्ता बढिरहेको उल्लेख गर्दै यस खेलको उचित र वैज्ञानिक प्रर्वधनका खातिर यस संघले स्थापना काल देखि नै राष्ट्रव्यापी रुपमा विविध जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरमा कार्यक्रम गर्दै आइरहेको विज्ञप्तिमार्फत जनाएकोछ ।
यमबुद्ध स्केटपार्क पहेंलो पुल,हाँडिगाउ काठमाण्डौमा उल्लेख्य खेलाडी दर्शकको उपस्थितिका विच हुने ९ औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ मा २५० जना पुरुष र १५० जना महिला प्रतियोगीको सहभागिता रहने जनाएकोछ ।
उक्त कार्यक्रम शिक्षा तथा खेलकुदमन्त्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न हुने छ ।
जेठ ३० र ३१ गते हुने प्रतियोगितामा ३० गते छनौट चरणको खेल हुनेछ र ३१ गते छनौट भएका खेलाडीहरु बिच प्रतिस्पर्धा हुने छ ।
काठमाण्डौ महानगरपालिका, पहेंलो पुल, हाँडिगगाउमा रहेको यमबुद्ध स्केटपार्कमा ९औं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता(२०८३ सम्पन्न हुनेछ ।
स्केटबोर्डिङ खेल अर्न्तगत फ्रि स्टाईल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाईने छ । साथै उक्त प्रतियोगिताबाट स्केटबोर्ड अफ द इयर पनि घोषणा गरिने छ ।
सिनियर पुरुष र सिनियर महिला तर्फ प्रथम हुनेले रु . ३०,००० र द्वितिय हुनेलाई रु.२०,००० र तृतिय हुनेलाई १५,००० नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । भने जूनियर पुरुष र जूनियर महिला तर्फ प्रथम हुनेले रु. १५,००० र द्वितिय हुनेलाई रु.१०,००० र तृतिय हुनेलाई ५,००० नगद सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।





























