नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको ९०औं बार्षिकोत्सवको अवसर पारेर ९० दिनको लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा ने.बैं.लि. सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो । उक्त घर कर्जा योजना अन्र्तगत ग्राहकले घर खरीद, घर निर्माण तथा मर्मत र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् ।

आधार दरमा शुन्य दशमलव पाँच प्रतिशत (०.५%) प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ बर्ष सम्म हुनेछ जसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । यो कर्जा लिने ग्राहकले बैंकबाट रु ५ लाख सम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो घर कर्जा सुविधा योजनाको अवधि २०८३ कार्तिक १५ गते देखि २०८३ माघ १५ सम्म जम्मा ९० दिन सम्मका लागि रहने छ । नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते सोमबार ९० औं बर्षमा प्रवेश गर्दैछ ।

नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखाहरु, २५० ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३० लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु¥याईरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।