स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कर समेत १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष १९ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।