सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ ।

साधारण सभाले आ।व। २०८२र८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । साधारण सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ।व। २०८२र८३ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत गरेको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८२र८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी रु। १५,५०,७४,६३,६१४र– को ३।८० प्रतिशतले  हुने रु। ५८,९२,८३,६१७।३४ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०।२० प्रतिशतले हुने रु। ३,१०,१४,९२७।२३ सहित जम्मा रु। ६२,०२,९८,५४४।५७ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५र६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश १०।०८ प्रतिशत रहेको छ ।

सभाका अध्यक्षले शेयरधनीबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको बताए । यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी।आर।एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।