काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा बहुराष्ट्रिय घरायसी उपकरण निर्माता कम्पनी स्मार्ट होम जोडिएको छ ।
यसका लागि दुई पक्षबीच केहिदिन अघि सम्झौता भएको हो । सम्झौताअनुसार हायर एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सको ‘कुलेस्ट पार्टनर’ को रुपमा रहनेछ ।
सम्झौतापत्रमा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र हायर कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी लायन्सका खेलाडीले लगाउने जर्सीको छातीमा हायरको लोगो रहने छ । सम्झौतापछि लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत कटवालले हायरजस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गर्न पाउनु एनपीएलका लागि पनि महत्त्वपूर्ण भएको बताए ।
एउटा विश्वव्यापी ब्रान्ड हो । यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिँदा एनपीएलका लागि पनि ठूलो अर्थ राख्छ । अन्तर्राष्ट्रिय कम्पनीहरू फ्रेन्चाइज टोलीसँग जोडिँदा त्यसले एनपीएलको प्रतिष्ठा बढाउन सहयोग गर्छ,’ उनले भने ।
हायरका उपाध्यक्ष झाले पनि लुम्बिनी लायन्ससँगको सहकार्यले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘हायर विश्वकै अग्रणी ब्रान्डमध्ये एक हो भने लुम्बिनी लायन्स एनपिएलको अग्रणी टोली हो ।
यही कारण पनि हामीले यो साझेदारी गरेका हौँ । नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिँदै आएको लुम्बिनी लायन्ससँग जोडिन पाउँदा हामी खुसी र उत्साहित छौँ,’ उनले भने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सको टोलीमा सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, आसिफ शेख, किशोर महतो, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतम, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहान छन् ।
विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी आर्सी सर्ट, नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यान र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायत टीममा रहेका छन् ।





























