सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २, सिन्धुपाल्चोकबाट मनिशराज पाण्डेले महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएका छन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो राजनीतिक मूल आधारका रूपमा अघि सारेका पाण्डेले ‘अग्रजको सम्मान, युवाको आवाज–संगठनको सुदृढ भविष्य’ भन्ने भावनासहित कांग्रेसको संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
युवा पुस्ताको आवाज, विश्वास र अपेक्षालाई आत्मसात गर्दै आफूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएको पाण्डेको भनाइ छ।उनले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षामात्र नभई युवाको आवाजलाई पार्टीको निर्णायक तहसम्म पुर्याउने प्रतिबद्धता भएको बताएका छन्।
पाण्डेले संगठनमा नयाँ सोच, ऊर्जा र पुस्तान्तरणको भावनालाई बलियो बनाउन अग्रजको अनुभव र युवाको सक्रियतालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र सहभागितासहित थप सशक्त बनाउने उद्देश्यले आफू मैदानमा आएको उनको भनाइ छ। उनले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्न क्षेत्रीय प्रतिनिधिहरूसमक्ष आग्रह गरेका छन्।
“तपाईंको एक मत मेरो मात्र शक्ति होइन, युवा पुस्ताको आवाजको शक्ति हो” भन्ने सन्देशसहित उनले साथ, विश्वास र मतका लागि अपिल गरेका छन्। पाण्डेको अभियानले ‘नयाँ पुस्ता, नयाँ ऊर्जा–कांग्रेसको नयाँ यात्रा’ भन्ने नारालाई समेत अघि सारेको छ।





























