सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार बजारमा चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।