पूर्व न्यायाधीश फोरमबाट प्रधानमत्री राहत कोषमा १ लाख असी हजार सहयोग

पूर्व न्यायाधीश फोरम, नेपालले गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई १ लाख ८० हजार ७३२ रुपैयाँ सहयोग गरेको छ।

फोरमका सचिव एवं उच्च अदालतका पूर्व न्यायाधीश युवराज सुवेदीका अनुसार संस्थामा आवद्ध सदस्यहरूबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरेर उक्त रकम राहत कोषमा जम्मा गरिएको हो । फोरमले आफ्ना सदस्यहरुलाई बाढीपीडितलाई सहयोग गर्न आह्वान गरेको थियो । पूर्व न्यायाधीशहरुले स्वईच्छाले रकम उपलब्ध गराएको फोरमले जनाएको छ ।

फोरमले राहत कोषको क्युआरमा रकम ट्रान्सफर गरेको हो । फोरमका सचिव पूर्व न्यायाधीश यु्वराज सु्वेदीले भन्नु भयो, ‘सानो रकम भएपनि हामी बाढी पीडितको साथमा छौं