काठमाडौं । वर्षाको कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई भासिएको सडकछेउको ग्याबिन वाल निर्माण भइरहेकोछ ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसहित स्थलगत निरीक्षण गरी तत्काल आवश्यक कार्य अघि बढाइएको छ।

माथिल्लो भागमा चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षातको पानी डाइभर्ट गर्ने, भासिएको भागको ओभरबर्डेन हटाउने तथा एहतियातका रूपमा जलाशयको पानी ४०० लि.से. का दरले २४सै घण्टा निकासी गर्ने काम भइरहेको छ।

हाल तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम नदेखिएको पनि जनाइएकोछ । भू भाग स्थिर भएपछि ग्याबिन तथा स्लोप प्रोटेक्सनको स्थायी कार्य गरिने भएकोछ।






























