देशका ठुला नदीको बहाव सतर्कता तह भन्दा तल रहेतापनी उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । भाद्र १० गते भोटेकोशी (रसुवा) मा आएको बाढी पश्चात हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तह भन्दा तल रहेतापनि उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

स-साना नदीमा बाढी पूर्वानुमान:

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, ‍अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कन्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को उच्च सम्भावना छ।