काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले एक वर्षमा करिब ७ सय व्यक्तिलाई सिपमूलक तालिम प्रदान गरेको छ ।महानगरपालिकाले गायन, वादन, नृत्य, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, हस्पिटालिटी लगागत विभिन्न विधामा तालिम दिएको हो ।

सेनिटरी प्याड उत्पादन, वेकरी, वारिस्ता, मोवाइल जर्नालिज्म, टुर अपरेटर र उद्घोषण विधाका तालिम लिएका १५० जना प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण समेत गरेकोछ ।

प्रमाण पत्र वितरण समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले हामीले दिएको सिपमूलक तालिमपछि रोजगार वा स्वरोजगार भएको हेर्न चाहन्छौँ भनेर बताएकी छिन् ।































