महाराजगञ्जमा दिपलको शोरुम उद्घाटन :नेपाली उपभोक्तामाझ विश्वस्तरीय इभी पुर्याउने उद्देश्य

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेकोछ ।

एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ विश्वस्तरीय इभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको हो ।

दिपलको नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली, महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञावाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरेका छन् ।

‘नेपाली इभी बजार एउटा रोमाञ्चक मोडमा ्पुगेको बताउदै एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले दिपलमा एउटा लिगेसी ब्रान्ड बन्ने सबै सम्भावनाहरु छन् र एमएडब्लु यो ब्रान्डलाई दशकौंसम्म टिक्ने लिगेसी ब्रान्डका रुपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।

दिपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने एमएडब्लुको उद्देश्यबारे पनि प्रकाश पारेका थिए ।
नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा नयाँ स्टेट अफ आर्ट सोरुम उद्घाटन गरेर काठमाडौंमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ ।

एमएडब्लुले एपोलो मोटर्सलाई आफ्नो नयाँ डिलरका रुपमा नियुक्त गर्दै नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय इभी पुर्याउने उद्देश्यमा महत्वपूर्ण उपलब्धी हासिल गरेको हो ।

उद्घाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।

कार्यक्रममा एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । यो एउटा कार सोरुममात्र होइन यो दिपलका आकांक्षित इभी मोडलहरुको वास्तविक अनुभव गर्ने एउटा गन्तव्य पनि रहेको बताए ।

उद्घाटनकै दिन २० जना ग्राहकलाई दिपल इभी डेलिभरी गरिएको थियो । कार्यक्रमका दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले नयाँ ग्राहकलाई चाबी हस्तान्तरण गर्नु भएको थियो ।