काठमाडौ । शेयरबजार परिसूचक नेप्से आज सामान्य अंकले घटेकोेछ । साताको पहिलो दिन नेप्से एक दशमलव ४६ अंकले घटेर २ हजार ७०० दशमलव ६५ विन्दुमा रोकिएको हो । आज सेयरबजारमा ३५३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ११० कम्पनीका सेयरमूल्य बढेका छन् भने १४९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।
आज कुल ८१ लाख १२ हजार ७९८ कित्ता सेयर ४ अर्ब ४२ करोड ८६ लाख ३१ हजार रुपैयाँमा किनबेच भएको छ । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त, लघुवित्त तथा व्यापार समूहको परिसूचक सकारात्मक रहेका छन् । अरु बाँकी सबै समूहका परिसूचकमा गिरावट आएको छ ।
टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर तथा सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नेपाल बैंकका डिवेञ्चरमा लगानीकर्ता, गार्डियन माइक्रो लाईफ इन्सुरेन्स कम्पनी तथा भुजुङ हाइड्रोपावर लिमिटेडका सेयरधनी रहेका छन् ।
आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्स लिमिटेडको ३७ करोड माथिको कारोबार भएकोछ ।





























