सुनचाँदीको मूल्यमा सामान्य बृद्धि

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ ।  त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १५५।६८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६४।८४ अमेरिकी डलरको उच्च विन्दुमा कारोबार भइरहेको छ ।