काठमाडौं: एसईईकाे परीक्षामा सहभागी भएका प्रशान्ति एकेडेमीका सबै विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन् ।
शैक्षिक सत्र २०८२ मा सबै १० जना विद्यार्थीले ए प्लस ल्याएर उत्कृष्ट सफलता हासिल गरेका हुन्।
यसअघिका वर्षहरूमा पनि प्रशान्ति एकेडेमीले एसईई लगायतका सबै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयमा प्रशान्ति एकेडेमी सफल विद्यालय हाे ।
काठमाडौं जिल्लाकाे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ – कपन, मुस्कान चाेकमा रहेको प्रशान्ति एकेडेमी, विगत लामो समयदेखि निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र आम रोजाइको शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।





























