मनसुन प्रतिकार्य तथा भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतका विषयमा बैठक सम्पन्न

काठमाडौं । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट, रसुवा-भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतको समन्वयका लागि गठित परिचालन टोली (mobilization team) र (cluster leads)  विषयगत मन्त्रालय  को संयुक्त बैठक आज पनि बसेको छ।

बैठकमा हाल देशका अधिकांश स्थानमा जारी रहेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा परेको प्रभावको समीक्षा भयो। उक्त बैठकमा रसुवा बाढीपछि टुटेको सडक सम्पर्क स्थापित गर्न भइरहेको प्रयासको पछिल्लो प्रगतिबारे सडक विभागका उच्च अधिकारीहरुले जानकारी गराउनुभएको थियो।

त्यसैगरी, केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा बाढी प्रभावित तीन जिल्ला रसुवा, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरुबीच अनलाइनका माध्यमबाट छलफल भएको छ। बैठकमा रसुवा बाढीका लाभग्राही पहिचान तथा कायम लगायतका विषयमा छलफल भयो।