काठमाडौँ । टिभिएस मोटर कम्पनीले आफ्ना आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नेपालकै पहिलो १५० सिसी ‘हाइपर स्पोर्ट’ स्कुटर TVS NTORQ 150 नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बिच यो नयाँ-पुस्ताको कनेक्टेड स्कुटर सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार यो नयाँ स्कुटर Stealth Silver, Racing Red र Turbo Blue गरी तीन आकर्षक रङहरूमा उपलब्ध गराइएको छ।
यसको प्रारम्भिक बजार मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ। TVS NTORQ 150 मा 149.7cc air-cooled O3CTech engine जडान गरिएको छ, जसले 7,000 rpm मा 13.2 PS power र 5,500 rpm मा 14.2 Nm torque प्रदान गर्दछ।
यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी/घन्टा को गति लिन सक्छ भने यसको अधिकतम गति (Top speed) १०४ किमी/घन्टा रहेको छ।
‘स्टेल्थ एयरक्राफ्ट’ (Stealth Aircraft) बाट प्रेरित भएर डिजाइन गरिएको यस स्कुटरमा MULTIPOINT® projector headlamps, sporty tail lamps, aerodynamic winglets, signature sound सहितको stubby muffler र coloured alloy wheels जस्ता आकर्षक विशेषताहरू रहेका छन्।
नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै यसमा TVS SmartXonnect™ सँगै ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचरहरू समावेश गरिएका छन्।
प्रविधि: Turn-by-turn navigation, last parked location, call/message alerts र ride modes जस्ता सुविधाहरू रहेका छन्। सुरक्षा: यस सेग्मेन्टमै पहिलोपटक Single Channel ABS, Traction Control, Hazard lamps र Follow-me headlamps जस्ता आधुनिक सुरक्षा फिचरहरू दिइएको छ।
सुविधा: Telescopic suspension, adjustable brake levers, patented E-Z centre stand र २२ लिटरको under-seat storage ले दैनिक राइडिङलाई सहज बनाउँछ। कार्यक्रममा बोल्दै TVS Motor Company का प्रेसिडेन्ट (International Business) पेयमान कारगरले भन्नुभयो, “परफर्मेन्स, प्रविधि र विशिष्ट डिजाइनको संयोजनका कारण TVS NTORQ ले विश्वभर बलियो उपस्थिति निर्माण गरेको छ।
नयाँ TVS NTORQ 150 ले नेपाली राइडर्सलाई अझ आधुनिक र कनेक्टेड राइडिङ अनुभव प्रदान गर्नेछ।” त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले सन् २०१८ मा नेपालमा पहिलोपटक भित्रिएको एनटर्कले पाएको अपार सफलताको स्मरण गर्दै नयाँ १५० सिसी मोडलले ग्राहकसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपालमा NTORQ 150 को लन्चले पर्फर्मेन्समा आधारित स्कुटर पारखीहरूका लागि नयाँ अध्याय सुरु गरेको बताउनुभयो। TVS NTORQ 150 अब नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक शोरुम तथा डिलर नेटवर्कमार्फत बिक्रीका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।
थप जानकारीका लागि tvsnepal.com मा हेर्न सकिनेछ।





























