वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ ।

भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले  वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो ।

यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो  । यसअघि प्रिमियम इलेक्ट्रीक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रीक मोटरसाइकल पनि बिक्री गर्ने भएको हो ।