काठमाडाैँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।
सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो।
नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रकाशित नतिजाअनुसार ३.६० देखि ४ जिपिए ल्याउने ४८ हजार ३ सय ९२ जना छन् भने ३.२० देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ८० हजार ३ सय ७२ छ ।
यस्तै २.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २ सय २२ छ ।
२.४० देखि २.८० जिपिए ल्याउने विद्यार्थीकाे संख्या ५५ हजार ९ सय ७७, २.०० देखि २.४० जिपिए ल्याउनेकाे संख्या ५ हजार १ सय ९० छ । यस्तै १.६० देखि २.०० जिपिए ल्याउने विद्यार्थीकाे संख्या ७ छ भने ननग्रेडिङको संख्या १ लाख ४६ हजार ५ सय ७ रहेकाे छ । बाेर्डले यसपटक २९ दिनमै नतिजा सार्वजनिक गरेकाे हाे ।





























