सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज प्रतितोला ४०० ले मूल्य घटेको हो । आइतबार १ हजारले मूल्य घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९८ हजार ५०० कायम भएको छ । गत हप्ता आइतबार प्रतितोला एक हजारले मूल्य घटेको थियो भने सोमबार ३०० ले मूल्य घटेको थियो । मंगलबार ३ हजार ८०० ले मूल्य घट्यो । बुधबार भने ५ हजार ८०० ले मूल्य बढेको थियो । बिहीबार १ हजार ८०० ले मूल्य बढ्यो । शुक्रबार पनि १ हजार ३०० ले मूल्य बढेको थियो ।