nada long banner ad

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।

भेटमा भुटानी प्रधानमन्त्रीले बाढीका कारण नेपालमा भएको जनधनको क्षति र व्यापक विनाशप्रति समवेदना व्यक्त गरेका छन्। कठिन समयमा भुटानी जनता नेपालीको साथमा रहेको पनि उनले बताएका छन्।