काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले यस वर्षको १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको भदौ ३१ गते सम्पन्न वार्षिक साधारण सभाले कर समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
पारित भएको दिन भदौ ३१ गतेदेखिनै सम्बन्धित शेयरधनीहरुको बैंक खातामा कर वाहेकको नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको छ ।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको हो ।
भदौ १७ गतेसम्म धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।




























