nada long banner ad

विपदपछिको पुनरुत्थान अगाडि बढाउन मन्त्रालयका अधिकारीहरू तथा विज्ञ टोलीसँग ऊर्जा मन्त्रालयमा छलफल

काठमाडौं ।  विपदपछिको पुनरुत्थानलाई केवल तत्कालिक  पुननिर्माणमा सीमित नराखी दीर्घकालीन र उत्थानशील एकीकृत विकासका रूपमा अगाडि बढाउन दृढ संकल्प रहेको उर्जामन्त्री विराज भक्त श्रेष्ठको भनाईछ ।

हालै भोटेकोशी नदीमा आएको बाढी लगायत मुलुकभर पानीजन्य विपद्ले पुर्‍याएको क्षति, यसको प्राविधिक विश्लेषण र भावी रणनीतिबारे राष्ट्रिय योजना आयोग उपाध्यक्ष गुणाकर भट्ट, विद्युत् नियमन आयोग (NPC), मन्त्रालयका अधिकारीहरू तथा विज्ञ टोलीसँग ऊर्जा मन्त्रालयमा गहन छलफल सम्पन्न  भएको छ।

 बैठकमा मुख्यतः निम्न विषयहरूमा स्पष्ट मार्गचित्र तयार गरिएकोछ ।

उत्थानशील पूर्वाधार : जलविद्युत् र पूर्वाधारलाई बिल्ड ब्याक बेटरु ढाँचामा निर्माण गर्ने।

करिडोर विकासस् नदी करिडोर र तल्लो तटीय (Downstream) क्षेत्रको एकीकृत विकास योजना।

स्थानीय परामर्शस् स्थानीयको राय र सहमतिमा मात्र पुनर्बास योजना बनाइने।

पूर्वसूचना प्रणाली DHM मार्फत अत्याधुनिक Early Warning System र वैज्ञानिक तथ्याङ्क सङ्कलन।

ऊर्जा सुरक्षास् एनर्जी मिक्स मार्फत जुनसुकै परिस्थितिमा पनि ऊर्जा आपूर्ति सुनिश्चित गर्ने।