काठमाडौँ । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी, सनातन हिन्दू परम्परा अनुसार आजको दिनलाई ‘बुवाको मुख हेर्ने पर्व रुपमा
आजको दिन पितृ औँसीको रूपमा श्रद्धा र आदर पूर्वक मनाइन्छ ।
आजको विशेष दिनमा बुवाकोलागि छोराछोरीहरुले जीवित वुवालाई मनपर्ने मिठामिठा परिकार, फलफुल, मिठाई खवाई नयाँ लुगा वा बस्त्र उपहार दिने चलन छ ।

वुवाको मुखबाट आर्शिबाद प्राप्त गरेमा सुखशान्ति मिल्ने भएकोले टाढाटाढा कामको सिलसिलामा रहनु भएको छोराछोरीहरु समय मिलाएर वुवाको मुख हेर्नलाई आइपुग्छन् ।
तर वुवा नहुनेले दिवंगत भएसकेकाहरुको भने आज विशेष गरी उत्तरपुर्वमा रहेको ऐतिहासिक एवं धार्मिक तीर्थस्तल उत्तरगया गोकर्णेश्वर महादेव मन्दिरमा गई पितृको नाममा श्राद्धा, तर्पण पिण्डदान गर्ने गर्दछन् ।
आजकै दिन काठमाण्डौ बाहिर रहेका परिवारले अन्य विभिन्न धार्मिक स्थलमा गएर पितृर्लाई स्नान,श्रद्धा र तर्पण गर्दछन् ।






























