nada long banner ad

आज प्रतितोला २ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।