काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दुई महिनाअघि दिएको अव्यिक्तिको जफाफ खोजेका छन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग विपक्षी दलका सांसदले राखेका हुन्।
प्रतिनिधिसभाको शुरुमै बोल्दै कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्रीको जवाफ मागे। यस्तै नेकपा एमालेका गुरु बरालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिकै कारण भारतीय पक्षको हेपाहा प्रवृत्ति बढेको बताए।
नेकपाकी सांसद बलावती शर्माले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् मा आवाज उठाइरहने बताए।
यस्तै श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले पनि यो विषयमा प्रधानमन्त्री मात्र नभई सभामुख डोलप्रसाद अर्यालले समेत वास्ता नगरेको भन्दै चिन्ता व्यक्त गरे।



























