नेप्सेमा दोहोरो अंकको गिरावट:अघिल्लो दिनको तुलनामा कारोबार रकम ११ प्रतिशतले कमी

काठमाडौ । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयरबजार परिसुचक नेप्सेमा दोहोरो अंकले घटेको छ । आज नेप्से २१।१५ अंकले घटेर २ हजार ६६३।१८ विन्दुमा कायम भएको हो ।
आज ५८ कम्पनीका सेयरमूल्य बढेका छन् भने २१४ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५४ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकम सोमबारको तुलनामा ११ प्रतिशतले कमी हो । सोमबार ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । सबैभन्दा धेरै उत्पादनशील तथा प्रशोधन समूहका परिसूचक १।३१ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन बैंकको डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने आज सबैभन्दा बढी गुमाउनेमा भने सप्तकोसी डेभलपमेन्ट बैंक,कुमारी बैंक लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

कारोबार रकमका आधारमा भने खानीखोला हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएकोछ । जसको ४० करोड माथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएकोछ ।