काठमाडौ । आज शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन आज सोमबार नेप्से ३३ दशमलव २८ अंकले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा बन्द भएको हो ।
यसदिन शेयरबजारमा ३६० कम्पनीका सेयर कारोबार हुदा ३६ कम्पनीका सेयरमूल्य मात्रै बढेका छन् भने बाँकी २३४ कम्पनीका सेयरमूल्य घटेकछ ।
यसदिन कुल १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८६ हजार रुपैयाँमा खरीदविक्री भएको छ ।
शेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक तथा म्युचुअल फण्ड समूहका परिसूचक सामान्य अंकले सकारात्मक रहेका छन् ।
सबैभन्दा धेरै उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ३० प्रतिशतले घटेको छ । यस्तै, व्यापार समूहको परिसूचक २ दशमलव २३ प्रतिशत र होटेल तथा पर्यटन समूहको परिसूचक २ दशमलव २२ प्रतिशतले ओरालो लागेको छ ।
विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, लगनाी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक ओरालो लागेका छन् ।
एभरेष्ट कलर लिमिटेड, गरिमा समृद्धि योजना, सानिमा बैंकको डिवेञ्चरमा लगानीकर्ता, गोखार्ज फाइनान्स तथा एनआईएमवी डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।
यसदिन सबैभन्दा बढी गुमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स् ३३ करोड ८६ लाख ६७ हजार रुपैयाँ बराबरका शेयर कारोबार गर्दै शीर्षस्थानमा रहेकोछ ।




























