काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ह्वात्तै गिरावट आएकाे छ । आज प्रतितोला १० हजार ५०० रूपैंयाँले मूल्य घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८६ हजार ७०० कायम भएको छ । याे हप्ता आइतबार १ हजार २०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार ५ हजार रूपैंयाँले मूल्य बढ्याे । मंगलबार ३०० रूपैंयाँले मूल्य बढेको थियाे । बुधबार १ हजार २०० रूपैंयाँले मूल्य घट्याे भने बिहीबार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।
गत हप्ता आइतबार ८ हजार २०० रूपैंयाँले मूल्य घटेको थियाे भने साेमबार प्रतितोला ९०० रूपैंयाँले मूल्य घट्याे । मंगलबार २ हजार रूपैंयाँले मूल्य बढेको थियाे ।
बुधबार १० हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे भने बिहीबार ५ हजार १०० रूपैंयाँले मूल्य घट्याे । शुक्रबार प्रतितोला ५ हजार ३०० रूपैंयाँले मूल्य बढेको थियाे ।




























