त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई पराजित गर्दै इरान च्याम्पियन

१५ जेठ, काठमाडौं, आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनल खेलमा काजखस्तानलाई ३–१ सेटमा पराजित गरी इरान च्याम्पियन बनेको हो ।

इरानले पहिलो सेट २५–१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५–१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो भने तेस्रो सेट इरानले २५–१५ ले सहजै आफ्नो पक्षमा पार्दै चौथो सेट पनि इरानले २५–२१ ले पराजित गर्दै उपाधि जित्यो र काभा महिला भलिभल २०२६ च्याम्पियन बन्यो ।