शोषणसम्बन्धी चिन्ताबीच रोमानयातर्फ बढ्दो नेपाली आप्रवासनबारे एनआईआसीई को छलफल

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट एनआईआईसीई ले २२ मे २०२६ मा “रोमानियातर्फ नेपाली श्रमिक अवसर र शोषणबीच” विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा रोमानियातर्फ नेपाली श्रम आप्रवासनमा देखिएको परिवर्तनशील प्रवृत्ति तथा यसले आप्रवासी श्रमिक, आप्रवासन शासन र श्रम नीतिमा पार्ने प्रभावबारे छलफल गरिएको थियो।

दलरुक्षी हनडुनेटीले छलफलको प्रारम्भ गर्दै गल्फ मुलुकतर्फको आप्रवासन परम्परागत रूपमा अस्थायी श्रम आप्रवासन र अन्ततः स्वदेश सँग सम्बिन्धत रहेको उल्लेख गरिन् भने रोमानियातर्फको आप्रवासन अपेक्षाकृत नयाँ तथा विकसित हुदै गएको विषय भएकाले यसमा थप अनुसन्धान र नीतगत संलग्नताको आवश्यकता रहेको बताइन्।

छलफलको पछिल्लो चरणमा उनले गल्फ आप्रवासन र युरोपेली मुलुकतर्फको आप्रवासनबीचको तुलनात्मक पक्षबारे पनि प्रकाश पारिन्।

कार्यक्रममा बोल्दै ले रोमानियामा आप्रवासी श्रमिकहरूको बढ्दो आगमनबारे चर्चा गर्दै त्यहाँ नेपाली श्रमिकहरूले सामना गरिरहेका चुनौतीहरू औंल्याइन्। उनले श्रमिकहरूले आर्थिक ठगी, भ्रामक प्रक्रिया,व्यविस्थत श्रम शोषण, सम्बिन्धत निकायबाट बेवास्ता तथा दुव्यवहारसम्बन्धी उजुरी व्यवस्थापनका कमजोर प्रक्रयाहरूको सामना गर्नूपरेको उल्लेख गरिन् ।

साथै, उल्लेखनीय संख्यामा  गैर(दर्ता माध्यमबाट आप्रवासन गरिरहेको कारण उनीहरू शोषण र कानुनी असुरक्षाप्रति अझ बढी संवेदनशील बनेको पनि उनले बताइन्।

उनले रोजगारदाता र आप्रवासी श्रमकबीच रहेको शिक्त असन्तुलनबारे चर्चा गद धेरै श्रमकहरू उचित कानुनी संरक्षण तथा संस्थागत सहयोगबाट विचलित रहेको उल्लेख गरिन्।

रोमानियाको आप्रवासन प्रवृत्तिलाई इटालीजस्ता मुलुकहरूसँग तुलना गद छलफलमा हाल धेरै आप्रवासीहरूले रोमानियालाई युरोपेली मुलुकतर्फ जाने ‘स्टे पङ स्टोन’ का रूपमा हेर्न गरेको उल्लेख गरिएको थियो। तथापि, श्रम आप्रवासनलाई अझ व्यविस्थत गर्न सकिएमा तथा श्रमिकहरूलाई सुरक्षित अवस्था र सशक्त संरक्षण उपलब्ध गराइएमा धेरै आप्रवासीहरू लामो समयसम्म रोमानियामै बस्न इच्छुक हुन सक्ने उनले बताइन्। साथै, अिस्थर र कमजोर रूपमा नियमन गरिएक प्रणालीबीच सुरक्षित तथा सन्तोषजनक आप्रवासन धेरै श्रमिकहरूका लागि भाग्यकै विषय बन्दै गएको टप्पणी पनि उनले गरिन्।

छलफलको निष्कषमा श्रम आप्रवासनको प्रवृत्ति युरोपतर्फ सर्दै गर्इरहेको वर्तमान अवस्थामा नेपाली आप्रवासी श्रमिकहरूको सुरक्षा र संरक्षण सुनिश्चत गर्न सशक्त आप्रवासन शासन, प्रभावकारी नियमन तथा संस्थागत संयन्त्रहरूको सुदृढीकरण आवश्यक रहेको विषयमा जोड दिइएको थियो ।