भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा हृदयाघातपछि निधन

काठमाडौं । भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा हृदयाघातपछि निधन भएको छ।

मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो।

सात दशक लामो गायन यात्रामा उहाँले ११ हजारभन्दा बढी गीत गाउनुभएको थियो। उहाँलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाको रूपमा मान्यता दिएको थियो।

उहाले सात पटक फिल्मफेयर पुरस्कार जित्नभएको थियो भने उहाले गाएको नेपाली गीत लोकप्रिय समेत रहेका छन् । उहाँको अन्त्येष्टि पूर्ण राजकीय सम्मानसहित मुम्बईमा भोली गरिनेछ।