काठमाडौंको कपनमा ‘करेन्ट मार्ट’ को स्टोर उद्घाटन

गुणस्तरीय सेवा तथा विविध उत्पादन उपलब्ध गराउँदै बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य

काठमाडौं । काठमाडौंको कपनस्थित ‘करेन्ट मार्ट’ नामक नयाँ स्टोरको उद्घाटन गरिएको छ ।

सोमबार उद्घाटनसँगै करेन्ट मार्टले ग्राहकलाई विभिन्न खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराउँदै सेवा सुरु गरेको जनाएको छ ।

समयअनुसार फरक स्वाद, छिटो सेवा तथा उत्साहपूर्ण वातावरणसहितको किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएकोछ । कम्पनीका सिनीयर जेनरल म्यानेजर रमेश विष्टले पहिलो स्टोर भैरहवामा रहेको जनाउदै कपनस्थित करेन्ट मार्ट कम्पनीको दोस्रो स्टोर रहेको जानकारी दिनुभयो ।

सो अवसरमा कम्पनीले आफ्ना उत्पादनहरू, ब्रान्डको भावी योजना तथा ‘करेन्ट फुड्स’ को अवधारणाबारे पनि जानकारी गराएको थियो । कम्पनीले आगामी दिनमा गुणस्तरीय सेवा तथा विविध उत्पादन उपलब्ध गराउँदै बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।