अमेरिका र इजरायलले इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् ।
जसका कारण आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ । आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको जनाइएकोछ ।
तेल डिपोमा लागेको आगोबाट निस्किएको प्रदूषित धुवाँ शहरभरी फैलिने बताएकोछ । जलेका तेल भण्डारण केन्द्रबाट निस्किएका विषालु रसायन वर्षा भएमा खतरनाक ‘एसिड वर्षा’ हुन सक्ने चेतावनी दिएको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिका र इजरायलको आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘युद्ध अपराध’ र ‘मानवताविरुद्धको अपराध’ बताएका छन् ।
उता, इरानी सशस्त्र बलको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले पनि यदि इरानका तेल पूर्वाधारमाथि आक्रमण जारी रहेमा तेहरानले क्षेत्रीय स्तरमा समान प्रकारको प्रतिकार गर्न सक्ने चेतावनी दिएका छन् ।


























