nada long banner ad

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु. १५ अर्बभन्दा बढी मौज्दात छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा हाल रु. ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ।

सबै खातामा गरी रु. १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु. एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।