nada long banner ad

रियल स्टेट व्यवसायमा नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा त्यसको असर अर्थतन्त्रमा देखियो : मल्होत्रा

काठमाडौँ । रियल स्टेट क्षेत्र चलायमान नहुँदा सिंगो अर्थतन्त्रमा समस्या आएकोप्रति व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । व्यवसायी दिपम मल्होत्राले घरजग्गा अर्थात रियल स्टेट व्यवसायलाई विभिन्न नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताएका हुन् ।

पछिल्लो समय रियल स्टेटमा आएको कमी कमजोरी अर्थात व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको उनको भनाई छ । घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्ट वा अन्य सामग्रीहरुको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।

यो व्यवसायलाई राष्ट्र बैंकले पनि प्राथमिकतामा राखेन । लोन टु भ्यालु रेसियो ७० प्रतिशत न्यूनतम राख्नुपर्छ भन्यौं । उहाँहरुले गर्नुपनि भयो तर केही शब्दका कारण कार्यान्वयनमा आएन ।

त्यसपछि कुनैपनि निकायले रियल स्टेटलाई प्राथमिकतामा राखेन,’ उनले भने,‘म दाबीका साथ भन्छु अझैपनि रियल स्टेट क्षेत्रलाई वेवास्ता गरिए सिंगो देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ ।’

आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’को पूर्वसन्ध्यामा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले घरजग्गामा लागू गरिएको हदबन्दीका कारण व्यवसायीहरु ठूलो मारमा परेको उल्लेख गर्दै सरकारले आश्वासन मात्र दिएको बताएका छन् ।