काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित परिवारहरूलाई सहयोग पुर्याउने उद्देश्यले PRV Entertainment ले Axix Band सँगको सहकार्यमा Trisara Restaurant मा एक सांगीतिक कोष संकलन कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोछ ।
पिआरभी इन्टरटेनमेन्ट र एक्सिस ब्यान्डको सहकार्यमा कुल ४ लाख ९ हजार ६३७ रुपैयाँ संकलन भएको आयोजकले जनाएकोछ । यस रकममा कार्यक्रममा सहभागी अतिथि तथा दर्शकहरूले खरिद गरेका टिकटबाट प्राप्त आम्दानीका साथै विभिन्न संघसंस्था र व्यवसायीहरूबाट प्राप्त सहयोग रकम समेत समावेश छ ।
गत भदौ १० गते भोटेकोशी नदी क्षेत्र, रसुवा, मा आएको विनाशकारी छिटो बाढीले धेरै ज्यान गुमाउने र घर, सडक, पुल, जलविद्युत् आयोजनाहरू र अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो।
आयोजकले बाढी प्रभावित परिवार र समुदायहरूलाई तत्काल राहत र सहयोगको आवश्यकताका लागि सङ्गीत कार्यक्रम आयोजना गरि आर्थिक सहयोगको पहल गरेकोहो ।
कार्यक्रम मार्फत संकलित सम्पूर्ण रकम भोटेकोशी राहत कोषमा हस्तान्तरण गरिएको छ, जसले हालैको भोटेकोशी बाढी प्रकोपबाट प्रभावित परिवार र समुदायहरूलाई सहयोग गर्नेछ।
हिमालयन प्रोडक्सन्स, रोतेपिङ एंटरटेन्मेन्ट, वावा’स लिक्वी मोली, पौडेल इन्टरप्राइजेज, रो्टरी क्लब अफ भिजन काठमाडौं, फोनप्वाइन्ट्स, डोको टुर्स, समारा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, ईसेवा, लेजेन्डरी मोटर्स हब, एनिग्राफी स्टुडियो – फोटोग्राफी र भिडियो ग्राफी, एक्सिक्स ब्यान्डको ऊर्जावान प्रस्तुतीले कार्यक्रमलाई रमाइलो र सम्झनायोग्य बनायो, साथै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूलाई सामूहिक समर्थन दिनको लागि अर्थपूर्ण प्लेटफर्म पनि सिर्जना समेत गरेकोछ ।
आयोजकले अतिथि, टिकट किन्नेहरू, कलाकारहरू, स्वयंसेवकहरू, फोटोग्राफरहरू, भिडियो बनाउनेहरू र यस कोष संकलन पहल सफल बनाउनमा योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुका साथै बाढी पिडितलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकोछ ।






























