काठमाडौँ । ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको भदौ २१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
जस अनुसार ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ ले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १२ प्रतिशतले हुन आउने १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
लाभांश वितरको लागि बुक क्लोज मिति पछि तय गरिने क्यापिटलले जनाएको छ ।
ग्लोबल आइएमई समुन्नत योजना २ ले भने लाभांश नदिने भएको छ ।





























