चारकोसेझाडीमा मन्त्री चौधरीले गरिन वृक्षरोपण

सुनसरी । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सुनसरीस्थित चारकोसेझाडी क्षेत्रमा वृक्षरोपण गर्नुभएको छ।

वन्यजन्तुको दिगो व्यवस्थापन गर्ने उद्देश्यले चारकोसेझाडी क्षेत्रमा आँप, जामुन, अम्बा लगायत विभिन्न फलफूलका बिरुवा रोप्ने अभियान अन्तर्गत मन्त्री चौधरीले वृक्षरोपण गर्नुभयो ।

“वन्यजन्तु व्यवस्थापनमा स्थानीयको पहल राम्रो छ, यस्ता खालाको अभियानले वन्यजन्तु व्यवस्थापनमा सहयोग पुग्ने छ ।” उहाँले भन्नूभयो ।

स्थानीयको पहलमा कृषि उत्पादनमा क्षति पुर्याउने वन्यजन्तुलाई वनभित्रै पर्याप्त आहारको व्यवस्था गर्न फलफूलका बिरुवा रोप्न थालिएको हो ।

अभियानले वन्यजन्तुलाई प्राकृतिक बासस्थानमै आवश्यक खाद्य स्रोत उपलब्ध गराउने र बस्ती तथा खेतीयोग्य जमिनतर्फको उनीहरूको आवागमन कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ