कृषिमन्त्री चौधरीद्धारा विराटनगर डीडीसी शाखाको निरीक्षण

विराटनगर । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले विराटनगरस्थित दुग्ध विकास संस्थान (डीडीसी ) शाखाको निरीक्षण गर्नुभएको छ।

सो शाखाको निरीक्षणका क्रममाल मन्त्री चौधरीले दुग्ध उत्पादन, संकलन, प्रशोधन तथा वितरण प्रणालीबारे जानकारी लिनुका साथै संस्थानले भोगिरहेका समस्या र सम्भावनाबारे छलफल गर्नुभयो ।

डीडीसी विराटनगरले दूध,महि, आइसक्रीम, लस्सी, चिज l, बटर लगायत १२ प्रकार बढी दूग्ध उत्पादन विक्री गर्दै आएको छ ।

मन्त्री चौधरीले दुग्ध क्षेत्रको आधुनिकीकरण, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा दुग्ध उद्योगको दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “किसान, उद्योग र उपभोक्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कृषि तथा दुग्ध क्षेत्रको विकासमा सरकार निरन्तर लागिपरेको पनि कृषिमन्त्रीले बताउनुभयो ।