काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आगामी कार्यकालका लागि भएको निर्वाचन प्रक्रियामा महासचिव पदमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा मैनालीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।
संघको नयाँ कार्यसमितिका लागि महासचिवसहित अधिकांश पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका छन् ।
संघको अध्यक्षमा रमानाथ श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएका छन् ।


























