nada long banner ad

कृषि, वन तथा पर्यावरण मन्त्रालयद्धारा सवारी प्रदूषण नियन्त्रण तथा अनुगमन सुरु

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारी प्रदूषण नियन्त्रण तथा अनुगमन सुरु गरेको छ । माननीय मन्त्री गिता चौधरीज्यूको निर्देशनमा वातावरण विभागले आजदेखि सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमन सुरु गरेको हो ।
कार्यतालिका:
• हप्तामा ५ दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिने।
• ३ दिन सडकमा सञ्चालन हुने सवारीसाधनको परीक्षण गरिने।
• २ दिन विद्यालयका सवारीसाधन (स्कुल बस) को परीक्षण गरिने।
• परीक्षण तथा अनुगमनका क्रममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने।
आजको परीक्षण:
स्थान: रोजबड स्कुल, बुद्धनगर
परीक्षण गरिएको: १२ वटा स्कुल बस
पास: १२ वटा
फेल: ० वटा
पास प्रतिशत: १००%